बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २ सय ३६ पुग्यो

मंगलबार, १५ असोज २०८१
काठमाडौं  : केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय ३६ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार अहिलेसम्म दुई सय ३६ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। तिवारीका अनुसार बाढीपहिरो र डुबानमा परी एक सय ७ जना घाइते भएका छन्। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले बताए। बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको छ। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार