इटहरी : बाढीपीडितलाई सिप्रदीले सहयोग गरेको छ ।कम्पनीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटो पार्टस् प्रालिद्वारा वर्षाको कारणले उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै मजदुरी आएकाहरू बाढी प्रभावित भएपछि सहयोग गरिएको हो ।
कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र तकिया एकएक थान, एक बोरा चामल, तीन किलो दाल, एक लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहतस्वरुप वितरण गरिएको थियो ।
केहीदिन अघि मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका सयौं व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया