इटहरी : इटहरीमा रहेका दर्जन बढी मासु पसलहरू अनुगमनका क्रममा कुहिएको मासुहरू बिक्री गर्ने गरेको पाइएको छ । अनुगमनका क्रममा इटहरीमा रहेको पूर्वाञ्चल मिट सेन्टरमा कुहिएको खसीको मासु भेटिएको छ ।
इटहरी उपमहानगरपालिकाकी खाद्य निरीक्षक अनु अर्यालको नेतृत्वमा बजारमा हिँडेको अनुगमन टोलीले सो सपमा कुहिएको मासु भेटिएपछि पसलमा तालाबन्दी समेत गरिएको छ । यस्तै इटहरीमै रहेको नमस्ते राँगाको मासु पसल अव्यवस्थित रूपमा सञ्चालनमा आएको भेटिएपछि ५ हजार जरिवाना गरिएको छ ।
अनुगमनका क्रममा अन्य अधिकांश पसलहरू अव्यवस्थित तवरले सञ्चालन भएको पाइएको छ । अधिकांश मासुपसलहरुले सडेगलेको मासुहरू बिक्री गर्ने गरेको,सरसफाइमा कसैले ध्यान नदिएको पाइएको खाद्य निरीक्षक अर्यालले प्रदेश खबरलाई बताइन ।
प्रतिक्रिया