एमालेप्रति विश्वप्रकाशको टिप्पणी- काँग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

मंगलबार, २९ असोज २०८१
काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यालय बनाउन लागेको विषयप्रति टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठुला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन, गाउँमा विद्यालय र स्वास्थ्य चौकी निर्माण गर्न भन्न मिल्ने भन्दै टिप्पणी गरेका हुन् । उनले भनेका छन्- प्रधानमन्त्रीज्यू, राज्यले ठुला व्यवसायीलाई अपिल गर्न मिल्छ:- - भूकम्प प्रभावितलाई हजार घर बनाइदेऊ । -अनि बाढीले नबग्ने सय पुल । -गाउँमा शैक्षिक संस्था र स्वास्थचौकी । अझ ठुलो दान लिने दिने भए- देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देऊ, यस्तो पनि त भन्न र गर्न मिल्छ । उनले काँग्रेसले आफ्ना तत्कालीन चार लाख सदस्यको सहयोगमा पार्टी कार्यालय बनाएको उल्लेख गर्दै स्वदेश र विदेशमा रहेका सबै सदस्यले यसप्रति गर्व गर्ने बताए । उनले भनेका छन्- स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्य गर्व गर्छन्, हाम्रो केन्द्रीय कार्यालय हामीले बनाएका हौँ । हो, कयौँ व्यवसायीको ससानो धन पनि यो निर्माणमा जोडिएको छ । तर मुलत पार्टी सदस्यको मन जोडिएको छ । यो बन्दै गर्दा उस बेलाका ४ लाख बढी क्रियाशील सदस्यताको रकम यसमा प्रयोग भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार