नेकपा एमाले, राप्रपा, जसपासहित केही दलले धाँधली भएको भन्दै उदयपुर १ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन रद्द गरी पुनस् मतदानको माग गरेको छ ।
खसेको भन्दा बढी मत खसेको भन्दै उनीहरुले अहिलेसम्मको निर्वाचन प्रक्रिया रद्द गरी पुन: मतदानको माग गरेका हुन् ।
एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार रहेकी मञ्जु चौधरी, प्रदेशसभाका उम्मेदवार कुशलबाबु श्रेष्ठ र ईश्वरमणि राउत र राप्रपा, जसपा, जनता प्रगतिशील पार्टी, केही स्वतन्त्र उम्मेदवार गरी १५ जनाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
साथै मतदाताले मतदानका क्रममा प्रतिनिधिसभाको मतपत्र नपाएको र प्रदेशसभाको मतपत्र एकै व्यक्तिले दुई पटक प्रयोग गरेको पनि उनीहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया