फालेलुङ र फिदिमका तीनसय ८८ पहिरो पीडित परिवारले पाए राहत 

मंगलबार, ०६ कार्तिक २०८१
पाँचथर : बाढी प्रभावित पाँचथरका तीस यस ८८ परिवारले राहत पाएका छन् । स्विस सरकार र हेल्भेटास नेपालले यत्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराएका हुन । असोज ९ देखि १२ गते सम्म भएको वर्षासँगै आएको बाढी र पहिरोमा परी घरबार विहीन भएका परिवारका लागि दातृ निकायले खरिद गरेका राहत सामग्री सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । राहत उपलब्ध गराइएकामा फिदिम नगरपालिकाका ९५ र फालेलुङ गाउँपालिकाका २ सय ९३ गरी ३ सय ८८ रहेका हेल्भेटास नेपालको प्रदेश व्यवस्थापन व्यवस्थापक कोपिला दाहालले जानकारी दिए । उपलब्ध सामग्रीमा खाद्यान्न,आवास,भाँडाकुँडा,प्राथमिक उपचार र सरसफाइ  सम्बन्धित बस्तु छन् । प्रत्येक परिवारका लागि ५० किलोका दरले चामल ४ केजीका दरले दाल,३ लिटरका दरले तेल,५ किलोका दरले तेल सहित नुन,बिस्कुट,चिनी,बेडिङ सेट,व्याङकेट,फाइवर सिरक,ब्ल्याङकेट,बेड कभर,त्रिपाल र सरसफाइ तथा प्राथमिक उपचारका सामग्री रहेको व्यवस्थापक दाहालको भनाई छ । राहत सामग्री लिएर दाहाल नेतृत्वको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा आइपुगेको थियो । टोलीले ती सामग्री सम्बन्धित पालिकाका जनप्रतिनिधिलाई एकमुष्ट हस्तान्तरण गरेका हुन । स्थानीय तहले सूचीकरण भएका बाढी पहिरो प्रभावितलाई राहत वितरण गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार