जग्गासम्बन्धी विवाद हुँदा युवकको हत्या

बुधबार, ०७ कार्तिक २०८१
झापा : झापाको दमकमा जग्गासम्बन्धी विवाद हुँदा कुटपिट गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार कुटपिट गरी दमक नगरपालिका–९ निवासी ३२ वर्षीय देशु भनिने यामु निरौलाको हत्या गरिएको हो । मंगलबार दिउँसो अन्दाजी ४ बजेको समयमा दमक–३ स्थित दमक–मधुमल्ला सडक खण्डको मावा खोलाको पुलमा निरौलाको हत्या भएको चन्दले जानकारी दिए । दुई जनाले उनलाई लात्ती तथा मुड्की प्रहार गरी हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको छ । घटनामा संलग्न भएका व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरी ले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट जग्गासम्बन्धी विवाद हुँदा उनको हत्या भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार