सीआईबीको प्रमुख हुँ भनेर धम्क्याउने विराटनगरबाट पक्राउ

बुधबार, ०७ कार्तिक २०८१
विराटनगर : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख हुँ भन्दै धम्क्याउने गरेको घटनामा संलग्न एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१ ठूलो मिलचोक घर भएका ३० वर्षीय हेमकुमार खड्का रहेका छन् । उनलाई सीआईबीको टोलीले ठूलो मिलचोकबाटै मंगलबार पक्राउ गरेको हो । खड्काले ‘ट्रु कलर’ एपमा सीआईबी प्रमुख एआईजी दीपक थापाको नाम र फोटो राख्दै धम्की दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खड्काले ‘ट्रु कलर’ एपमा एआईजी थापाको नाम र फोटो राख्दै वित्तीय संस्थाका व्यक्तिलाई फोन गर्दै सीआईबीबाट एआईजी बोलेको भन्दै धम्क्याउने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको छ । यस विषयमा मोरङ प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार