विराटनगरबाट तास खेल्दै गरेका १७ जना पक्राउ

शुक्रबार, १६ कार्तिक २०८१
विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ दरैयाबाट तास खेल्दै गरेका १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये ७ जना भारतीय नागरिकसमेत छन् । तासको खालबाट ७ भारतीय र १० जना नेपाली नागरिकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले तासको खालमा बिहीबार मध्यरातमा छापा हानेको थियो । प्रहरीले छापा हानेर भारतीय नागरिकहरु भारत जोगवनीका १८ वर्षीय पिन्टु दास, १९ वर्षीय प्रेम राम, २० वर्षीय राजकुमार दास, २४ वर्षीय राजकुमार दास, १८ वर्षीय अमित चौधरी, १८ वर्षीय कृष्णकुमार पासवान र कमल सहनीलाई पक्राउ गरेको छ । त्यस्तै, विराटनगर–१६ का ३५ वर्षीय हरेराम चौधरी, ४२ वर्षीय सुधीर महतो, ४१ वर्षीय अजय विश्वकर्मा, २४ वर्षीय सुरज महतो, १८ वर्षीय रोहित चौधरी, मोनु मात्मा, रविकुमार सरबरिया, २८ वर्षीय सुरेश चौधरी, १८ वर्षीय आशिष चौधरी र २६ वर्षीय जितेन साह पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट प्रहरीले २ बुक तास र ६० हजार रूपैयाँ बरामद गरेको छ । सबै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार