‘संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने’ : मुख्यमन्त्री कार्की 

शुक्रबार, १६ कार्तिक २०८१
मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि झल्किने बताएका छन् । मुख्यमन्त्री निवासमा आज (शुक्रबार) मोरङका सञ्चारकर्मीले देउसी खेलेपछि शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले नेपालीको दोस्रो ठूलो चाड तिहारले सम्पूर्ण नेपालीमा सामाजिक सद्भाव कायम राखि एक सुत्रमा बाँध्न सहयोग पुगेको बताए । उनले यही वर्ष प्रदेशमा हुने लगानी, चिया सम्मेलन र कोशी प्रदेश पर्यटन वर्ष, २०८२’ घोषणाबाट प्रदेशमा आर्थिक चलायमान, रोजगार वृद्धि तथा नागरिकको जीवनस्तर उकास्नमा सहयोग पुग्ने बताए । मुख्यमन्त्री कार्कीले ती कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्न पत्रकारहरुसमक्ष आग्रह गरे । भारतीय पर्यटकलाई लक्षित गरी झापाको काँकडभिट्टा र विराटनगरको पर्यटकीय क्षेत्रका सम्पूर्ण पक्षसहितको जानकारी दिन सूचना केन्द्र स्थापना गरिने उनले बताए । प्रदेश सरकारले अघिसारेको पर्यटन वर्ष, लगानी र चिया सम्मेलन प्रदेशकै गौरवको विषय भएको मुख्यमन्त्री कार्कीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार