चाडपर्वले नेपाली समाजलाई एकतावद्ध बनाएको छ : मुख्यमन्त्री कार्की

शनिबार, १७ कार्तिक २०८१
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चाडपर्वले नेपाली समाजलाई एकतावद्ध बनाउने बताएका छन् । नेपाल सम्बत् ११४५ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले चाडपर्व र असल परम्पराले आदिकालदेखि नै सहिष्णु तथा सभ्य रहेको हाम्रो समाजको एकतालाई थप सुदृढ गर्ने बताए । लिच्छवी राजा राधवदेवको पालामा १४४५ वर्ष अघि राष्ट्रिय विभुति शंखधर साख्वाःले काठमाडौं उपत्यकाका किसानको ऋण मोचन गरी नेपाल सम्बत् चलनमा ल्याएको उल्लेख गर्दै उनले यो कार्यले लोककल्याण एवं समाजको हित, उन्नती र प्रगतिका लागि क्रियाशिल रहन सबैलाई प्रेरणा मिल्ने समेत विश्वास व्यक्त गरे । नेपाल सम्बत् नेपालको मौलिक सम्बत् रहेको बताउँदै मुख्यमन्त्री कार्कीले नयाँ वर्षले सद्भाव, सहिष्णुता र र बन्धुत्वको भावना वृद्धि हुने बताए । कार्तिक कृष्ण प्रतिपदा तिथी अर्थात लक्ष्मीपुजाको भोलिपल्टबाट नेपाल सम्बत् सुरु हुन्छ । आज विषेश गरी नेवार समुदायले नेपाल सम्बत्लाई धुमधामले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार