सुनसरी ३ मा एमालेकी भगवतीको अग्रता कायमै

मंगलबार, १३ मंसिर २०७९
सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन् । पछिल्लो मतपरिणामअनुसार चौधरीले ३६ हजार १३६ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छन् । नेपाली कांग्रेसका विजयकुमार गच्छदार दोस्रो स्थनमा छन् । उनले ३०हजार ६०१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले भने ६ हजार २६९ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगका अनुसार अब १० हजार ६ सय मत गणना हुन बाकिँ रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार