पाथीभरामा केवलकारको विरोध गर्ने समूह र प्रहरी बिच झडप

शुक्रबार, २३ कार्तिक २०८१
ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित पाथीभरा देवी मन्दिर दर्शनमा जाने यात्रीको सहजताका लागि बनाइन लागेको केबलकारको विरोध गर्ने समूह र प्रहरी बिच ठुलो फेदीमा झडप भएको छ । केहिवेर अघि आन्दोलनकारी र प्रहरी बिच झडप भएको हो । केही आन्दोलनकारी घाइते हुनका साथै केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङका अनुसार, दुई पक्षबिच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । स्थानीयका अनुसार, अहिले पनि त्यहाँ तनावको स्थिति छ । पहिचान पक्षधरहरूले पाथीभरामा केवलकार बनाउन नदिने अडान राख्दै आएका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
तस्बिर साभार हेमराज निरौलाको फेसबुकबाट

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार