मोरङमा ट्याक्टरबाट खसेका ६ वर्षीय बालकको अस्पताल पुर्याउनसाथ मृत्यु

शुक्रबार, २३ कार्तिक २०८१
विराटनगर : मोरङको केराबारीमा ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका बालकको अस्पताल पुर्याउनसाथ मृत्यु भएको छ । घटना केराबारी गाउँपालिका–९ बेलचौरीमा शुक्रबार दिउँसो १२ बजेतिर भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बेलचौरीबाट भलुवातर्फ जाँदै गरेको को २ त १६७ नम्बरको ट्याक्टरबाट खसेर केराबारी–६ का यमनाथ परियारका छोरा ६ वर्षीय युनिक परियारको मृत्यु भएको हो । बालक ट्याक्टरमै सवार थिए । अचानक ट्याक्टरबाट खसेर ब्याट्रीमा टाउको ठोक्किएपछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएपसी जोशीले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । प्रहरीका अनुसार ट्याक्टर र चालक केराबारी–९ का १८ वर्षीय यमन परियारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार