रवि लामिछानेको म्याद सकियो, आज अदालत लगिँदै

आइतबार, २५ कार्तिक २०८१
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ । प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो ।  १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउन लागिएको छ । उनीविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ । पोखरामा आज पनि प्रदर्शन आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले १० बजे जिरोमा समर्थकहरू डाकेको छ । त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी छ । यसअघि वाइचोकमा पटकपटक प्रहरीसँग झडप भएको थियो । रास्वपाले रविलामिछानेलाई अदालत पेस गर्दा सँधै प्रदर्शन गर्ने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार