कन्याम घुम्नेहरूलाई राउन्ड सेल्फी फोटोवुथ

बुधबार, २८ कार्तिक २०८१
इलाम । इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगान परिसरमा फोटोप्रेमीहरुका लागि राउन्ड सेल्फी फोटोवुथले थप आकर्षित गराएको छ । हरियो चिया बगानलाई पृष्ठभूमिका राखेर सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरूका लागि फोटो बुथ आकर्षित बनेको छ । पछिल्लो समय चाडपर्वको फुर्सदमा कन्याम पुग्ने पर्यटकहरू चिया बगान मात्रै होइन कुहिरोसँग लुकामारी खेल्दै छिनछिनमा परिवर्तन भइरहने मौसमसँग रमाउँदै फोटोवुथमा उक्लिएर तस्बिर लिने र भिडियो बनाउन झुम्मिने गरेका छन् । घोडा चढेर चिया बगान सयर गर्नेदेखि लिएर मौलिक संस्कृतिसँग जोडिएका पोसाकमा सजिएर तस्बिर खिचाउनेहरू अब फोटोवुथ आकर्षणका रूपमा थपिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार