झापा : झापाको बाह्रदशी गाउँपालिका–५ मा एक जना पुरुषको हत्या भएको छ ।
शनिबार राति बाह्रदशी–५ का ४५ वर्षीय गंगालाल माझीको हत्या भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
उनका अनुसार बाह्रदशी–५ फूलबारीका २६ वर्षीय मानकुमार राजवंशीले रड प्रहार गर्दा माझी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ राति ९ः५५ बजेतिर चिकित्सकले मृत घोषित गरेको चन्दले जानकारी दिए ।
उनका अनुसार पुरानो रिसिइबीका कारण राजवंशीले माझीको टाउकोमा रड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न राजवंशीलाई हत्यामा प्रयोग गरिएको रडसहित पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया