विराटनगर किङ्ग्सको एम्बेस्डर बने दयाहाङ राई

आइतबार, ०२ मंसिर २०८१
विराटनगर : चर्चित अभिनेता दयाहाङ राई विराटनगर किंग्सको एम्बेस्डर बनेका छन् । आगामी नेपाल प्रिमियर लिग (एनपिएल)का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको हो । आइतबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा अभिनेता राईलाई ब्राण्ड एम्बेस्डर घोषणा गरिएको हो । ब्राण्ड एम्बेसेडरको रूपमा विराटनगर किङ्ग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् । उनले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले भने, विराटनगर किङ्ग्सको लागि यो एउटा नयाँ आयाम हो । यो अवसर दिएकोमा धेरै धेरै धन्यवाद । टिमसँग जोडिन पाउँदा निकै खुसी लागेको छ । क्रिकेटले हामी सबैलाई धेरैसँग जोडेको छ । क्रिकेटले नेपाललाई विश्वसँग नै जोडेको छ ।’ साथै उनले क्रिकेटले गर्दा नेपाली खेलहरूलाई नजिकबाट बुझेको बताए । उनले खेलले नै हामी सबैलाई ठूलो धैर्यता सिकाएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार