बाढी प्रभावित श्रेष्ठ परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण

सोमबार, ०३ मंसिर २०८१
पाँचथर : असोज १२ गते फेमे खोलामा आएको बाढीका कारण घरसहित सबै सम्पत्ति गुमाएका फिदिम ११ का एक परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरिएको छ । जनसेवा समाज पाँचथरको पहल तथा नेपाली सेनाको श्रम तथा स्थानीयको सहकार्यमा अपाङ्गता भएका फिदिम ११ निवासी प्रेमप्रसाद श्रेष्ठको परिवारका लागि नयाँ घर बनाइएको हो । घर निर्माणका लागि जनसेवा समाज पाँचथरले पहल गरेको थियो । पाँचदिन लगाएर टिनको छानो र सेन्टरबेरा गरेर दुई कोठा भएको एकतले घर निर्माण गरेको हो । जुन घर निर्माण गर्न नेपाली सेनाले ५२ र हाम्रो सहारा पाँचथर नामक सामाजिक संस्थाले ७ जना जनशक्ति उपलव्ध गराएको बताइएको छ । आवश्यक काठपात सल्लेरी सामुदायिक वन फिदिम ११ ले उपलब्ध गराएको हो । टिनसहितका सामाग्री खरिदका लागि फिदिम ११ का आशिष आङ्बो, फिदिम २ का शंखरकुमार थापा मगर, फिदिम ४ का राजकुमार जोशी, फिदिम १ का गजेन्द्र थापा र फिदिम ४ का राजेन्द्र अधिकारीले आर्थिक सहयोग गरेका छन् । जनसेवा समाजले विभिन्न दाता र सुरक्षा निकाय र स्थानीयसँगको साझेदारीमा विपद्मा परेका नागरिकलाई सहयोग गर्नका साथै घर नभएका नागरिकलाई निर्माण गरेर हस्तान्तरण गर्दै आएको अध्यक्ष राजेन्द्र अधिकारीले बताए । जनसेवा समाज, स्थानीय र नेपाली सेनाको साझेदारीमा निर्मित श्रेष्ठको घर सोमबार हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार