नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री गगन थापा बन्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसकै अर्का महामन्त्री गगनकुमार थापाको घरमै पुगेर शर्माले थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन्।
महामन्त्री थापालाई बधाई दिदै महामन्त्री शर्माले गगन थापा प्रधानमन्त्री बन्न योग्य रहेको उल्लेख गरे ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं फर्किएका शर्मा विमानस्थलबाट थापा निवास रातोपुल पुगेर बधाई दिएका हुन् । संसद मात्रै भएर अब नपुग्ने बताउदै शर्माले गगनलाई प्रधानमन्त्री बन्नका लागि शुभकामना समेत व्यक्त गरेका छन् । उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै थापा निवास नपुगेको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि पुगेको बताएका छन् ।
महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने बताए ।
प्रतिक्रिया