राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा.सुरेश आचार्य नियुक्त

विहीबार, ०६ मंसिर २०८१
काठमाडौं : सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश आचार्यलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका डा.आचार्यलाई आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेको एक मन्त्रीले बताए। त्यस्तै सूचना आयुक्तमा गगन विष्ट र दूर्गा भण्डारीलाई नियुक्त गरिएको छ। गत कात्तिक २९ गते उनीहरूको नाम सिफारिस गरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार