काठमाडौँ । सृजनशील बिउ उत्पादक कृषक समूहले कृषकहरूले उत्पादन गरेको तरकारी बारिमै नकुहियोस् भनेर शनिवार बडिखेलमा हाटबजार लगाएको छ ।
७ वर्षदेखी १०० रुपैयाँ जम्मा गर्दै आएको यो संस्थाले अहिले २२ जनाको कार्यसमिति बनाएर हाटबजार सञ्चालनमा ल्याएको हो ।
घरेलु किसानहरूलाई फाइदा पुग्ने गरी हाटबजार सञ्चालनमा ल्याएको सृजनशील बिउ बैङ्कको अध्यक्ष नबिना नगर कोटिले बताइन् ।
उनले भनिन् , ‘हाटबजार सञ्चालन गर्दा घरेलु किसानहरूलाई धेरै नै फाइदा हुन्छ । करेसाबारीमा उत्पादन गरेको तरकारी फल्ने समयमा धेरै हुँदा कुहिएर जान्छ र हाम्रो मिहेनतको फल प्राप्त गर्न सकिँदैन । त्यहीँ समयमा करेसाबारीमा फलेको तरकारीहरू हाटबजारमा ल्याएर बेच्ने गर्दा राम्रो आम्दानी समेत हुन्छ । आफूसँग धेरै भएको तरकारी हाट बजारमा राखेर नभएको तरकारी साटेर खान पनि मिल्छ । यसै कारणले यो क्षेत्रका तरकारी कृषकहरू खुसी पनि छन् ।’
साथै उनले यो समूहमा ९३ जना कृषक रहेको समेत बताइन् । उनले एक जनाबाट सुरु गरेको यो संस्थामा अहिले ९३ जनामध्ये २२ जनाले कृषि नै गरिरहेको बताइन् । यो हाट बजार गाउँको लागि राम्रो भएको तरकारी किन्ने ग्राहकहरूको भनाइ छ ।
हाट बजारमा रायो, काउली, मुला, च्याउ, कागती, टमाटर, बन्दा, हरियो खुर्सानी, धनियाँ, गाजर , सिमीजस्ता तरकारीहरूको बेच्नको लागि राखिएका छन् ।
दिनको २ हजार देखी २५ सय सम्म आम्दानी हुने गरेको कृषक व्यापारीहरूले बताए । साथै कहिलेकाहीँ हप्ताको ८ हजार रुपैयाँ समेत आम्दानी हुने गरेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया