नेपाली काँग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुन्छ 

शुक्रबार, २१ मंसिर २०८१
धरान ।  नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले काँग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुने बताएका छन् । धरान उपमहानगरपालिका– १५ मा आयोजित साहित्यकार गिरिराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यिक विचारहरू’ पुस्तकको लोकार्पण कार्यक्रममा लेखकले काँग्रेस कमजोर भएमा लोकतन्त्रमाथि जोखिम बढ्न सक्ने धारणा राखे । नेता लेखकले लोकतन्त्रलाई सुरक्षित गर्न पनि काँग्रेस बलियो हुन आवश्यक रहेको जिकिर गरे । गृहमन्त्री लेखकले वर्तमान सरकार र सत्ता गठबन्धन मुलुकमा सरकारको स्थायित्वमार्फत सुशासन, दिगो शान्ति र समृद्धिका लागि बनेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार