चिउरा मिलमा लागेको आगो नियन्त्रणमा आउन सकेन

आइतबार, ०३ चैत्र २०८१
विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–३ पिपल चोकमा रहेको एउटा चिउरा मिलमा लागेको आगो हालसम्म नियन्त्रणमा आउन सकिरहेको छैन । मिलमा आइतबार बिहानका राति १ः३० बजेदेखि भीषण आगलागी भइरहेको छ । अरुण सिंहले सञ्चालन गर्दै आएको कुटानी पिसानी मिलमा लागेको आगो ५ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन नसकेको हो । प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । आगलागीका कारण मिल करिब ८० प्रतिशत जलिसकेको छ । हालसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । थप विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार