सुनको मूल्य हालसम्मकै बढी, तोलाको १ लाख १० हजार

आइतबार, ०५ चैत्र २०७९
इटहरी । सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा बढी पुगेको छ । एकै दिन तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । आइतबार सुनको बजार मूल्य प्रति तोला एक लाख १० हजार रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायत कारणले सुनको मूल्य निरन्तर बढिरहेको जनाइएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य अझै बढ्न सक्ने देखिएको छ । माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो । यसैगरी चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आइतबार १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार