कर्णाली : गृहमन्त्री रमेश लेखक र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीबीच आज यहाँ भेटघाट भएको छ ।
प्रदेश प्रमुख जोशीको सरकारी निवासमा उनीहरूबीच भेटघाट भएको हो ।
सो अवसरमा दुवैजनाबीच सोमबारदेखि कर्णाली प्रदेशको सुरक्षा समन्वय परिषद्को बैठकबारे छलफल भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
प्रदेश सुरक्षा समन्वय परिषद्को बैठकमा सहभागी हुन गृहमन्त्री लेखक आज सुर्खेत पुगेका हुन् ।
यसैबीच गृहमन्त्री लेखकले आजै सुर्खेतस्थित गुर्भाकोट नगरपालिकाको गुमीमा रहेको चौरजहारी, राकम र सुर्खेतको गुमीमा स्थापित दङ्गा नियन्त्रण प्रहरी गणको निरीक्षण गरेका थिए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया