काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढेको बताएका छन् ।
शुक्रवार कपन ह्यान्डबल बहुउद्देश्यीय खेल मैदान समुद्घाटन गर्दै उनले कतिपय रगंशालाहरु र खेलमैदानहरू चुस्त दुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रूपान्तरण गर्न सकेको बताएका हुन् ।
उनले भने, ‘ नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढिसकेको छ । खेलकुदका क्षेत्रमा हामीले भने जति गर्न नसके पनि, खेलाडीहरूलाई सुविधा पुर्याउन नसके पनि, कतिपय रगंशालाहरु र खेलमैदानहरू चुस्त दुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रूपान्तरण गरेका छौँ।’
साथै उनले काठमाडौँ रङ्गशाला भूकम्पपछि पुनः त्यसलाई नवीकरण गरेको बताए । उनले यसै गरी पोखरा रङ्गशाला, अरू रङ्गशालाहरू र खेल मैदानहरूलाई हामी सबैले तयार गरेको बताए ।
प्रतिक्रिया