पत्रकारको निर्वाचन : देशभरिको मतपरिणामको नतिजा हेर्दा निर्मला शर्माको प्यानल अगाडि

शनिबार, २९ मंसिर २०८१
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि मतदान सम्पन्न भए लगत्तै निर्मला शर्माको प्यानल अगाडि रहेको छ । शुक्रवार केन्द्रीय कार्यालय सिनामंगलमा मतगणना सुरु भएसँगै सबै जिल्लाहरूमा युनियन र चौतारीको प्यानल अगाडि रहेको महासङ्घ कार्यवाहक अध्यक्ष बाला अधिकारीले बताइन् । तर अन्तिम मत परिणाम ३ बजेभित्र आइसक्ने अधिकारीले बताइन् । उनले भनिन् ,‘ देशभरिको अवस्था हेर्दा खेरी युनियन र चौतारीको प्यानल अगाडि देखिन्छ । काठमाडौँमा अलिकति फरक छ । बाहिर र काठमाडौँको मत परिणाम अहिलेसम्म गणना भएकोमा निर्मला शर्माको अग्रता छ । सम्भवतः यहीँ प्यानल नै अन्तिमसम्म आउँछ होला । तर सदस्यहरूमा मिश्रित रूप देखिएको छ । प्रदेश अध्यक्षहरूमा पनि मिश्रित नतिजा आउने देखिएको छ । तर केन्द्रमा पदाधिकारी चाहिँ गठबन्धनकै आउने देखिएको छ । ’ साथै उनले नेतृत्व जे जस्तो आए पनि पत्रकार महासङ्घको जित भएको बताइन् । उनले लामो समय देखी निर्वाचन हुन नसक्दा अन्यौलताको भ्रमलाई चिर्दै पत्रकार महासङ्घले चुनाव गरेरै जित दर्ता गरेको बताएकी हुन् । काठमाडौँ जिल्ला शाखामा कुल मतदाता १ हजार ६४ जना छन् । यसैबिच विभिन्न जिल्ला शाखाहरूबाट चुनावी परिणाम आउन थालिसकेको छ । शुक्रवार साँझ ८ बजेसम्म इलाम, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ, दोलखा, अर्घाखाँची, रोल्पा लगायतका जिल्लाको मत परिणाम आएको छ । स्रोतका अनुसार अधिकांश ठाउँमा युनियन र चौतारीको गठबन्धनले जित हात पारेका छन् भने कतिपय ठाउँमा बागीले समेत जितेका छन् । केन्द्रीय पदाधिकारीमा पनि सत्ता पक्षीय गठबन्धनलाई ‘बागी’ ले चुनौती दिने सम्भावना विभिन्न जिल्लाको मत परिणामले देखाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार