खस्कँदो आर्थिक अवस्थाप्रति अर्थविद् पोखरेलको चिन्ता

सोमबार, ०६ चैत्र २०७९
इटहरी । अर्थविद डा. गोबिन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जनाएका हुन् । ‘देशमा तलब खुवाउन समेत ऋण काढ्नु पर्ने दिन आउँदैछ’ उनले भने, ‘यसप्रति सरकार गम्भिर हुन आवश्यक छ ।’ हामीले बिकास खर्च कम र चालु खर्च बढाउन थालिएको अनि हुँदाहुँदा अहिले त्यसमा ठूलो अन्तर आइसकेको उनले उल्लेख गरे । चालु खर्च तलब, भत्ता, पेन्सन दिनलाई पनि ऋण लिन पर्ने अवस्था आइसकेको पोखरेलले बताए । ‘देशको पछिल्लो आर्थिक तथ्यांक हेर्दा यो यो आर्थिक वर्षमा करिव २ सय अर्ब घाटा भइसक्यो’ उनले भने, ‘ अब कति ऋण लिएर चलाउने हो ?’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहनु भएका अर्थविद डा.पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए । नेताहरु गम्भीर नहुँदा समस्या देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार