सुनसरी कांग्रेसको साख जोगाएका कार्की रोमाञ्चक प्रतिस्पर्धाका बिच कसरी भए निर्वाचित ?

विहीबार, १५ मंसिर २०७९
सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उमेद्धार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भए । सुरुवातबाट नै कार्की र नेकपा एमालेका उमेद्धार जगदिशप्रसाद कुसियैतबिच टक्कर भएको थियो । आलोपालो अग्रता लिदै अघि बढेको मतगणनामा अन्तत कार्कीले बाजी मारे । कार्की निर्वाचित भएको क्षेत्र विवादरहित भने हुन सकेन । पटक पटक बिवादका बिच अन्तत कार्की निर्वाचित भए । उक्त क्षेत्रमा पर्ने कोशी गाउँपालिका वडा नम्बर ८ बाट सुरु गरिएको थियो । पहिलो १ सय मत गणना गर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुरुवाती अग्रता लिएका थिए । प्रदेश १ का पूर्व वन, वातावरण तथा पर्यटन मन्त्री कुसियैतले ३८ मत प्राप्त गर्दा मन्त्री कार्कीले ४५ मत प्राप्त गरेका थिए । कार्कीले ५ सय ३० मत प्राप्त गर्दा कुसियैतले ३ सय ८८ र स्वतन्त्र उम्मेदवार खालिद हुसैन हकले १ सय ९ मत प्राप्त गरेका थिए । कोशी ८, इनरुवा ३, रामधुनी ४, भोक्राहा नरसिंह १ को मत गणना सम्पन्न गर्दा कार्कीले १ सय १३ मतको अग्रता लिएका थिए । रामधुनी ४ मा खसेको मतमा भन्दा १० मत बढी भेटिए पछि त्याहा विवादको सुरुवात भएको थियो । उक्त क्षेत्रमा बदर मत १७२ गणना भएको थियो । तर पुन मत गणना रुजु गर्दा बदर मत २ सय २९ भेटिएपछि बिवाद उत्पन्न भयो । मुख्य निर्वाचन अधिकृतले उम्मेदवारबीच दुई पक्षीय छलफल गरी समस्या समाधान गरेपछि पुन मतगणना कार्यलाई अघि बढाइएको थियो । रामधुनीको मत गणना सुरु भएपछि पहिलो पटक कुसियैतले कार्कीलाई १ सय २२ को मतान्तरले पछि पारेका थिए । मन्त्री कार्कीले ३ हजार ६ सय ५७ मत प्राप्त गर्दा कुसियैतले ३ हजार ७ सय ७९ मत प्राप्त गरेका थिए । कुसियैतले मतान्तर बढाउँदै ८ सय ८० सम्म पुर्‍याएका थिए । कुसियैतले ८ हजार ३ सय १५ मत प्राप्त गर्दा मन्त्री कार्कीले ७ हजार ५ सय १० मत प्राप्त गरेका थिए । १२ वटा वडाको मतगणना सम्पन्न गर्दा मन्त्री कार्की १ सय ७५ मतले पछि परेका थिए । कार्कीले १२ हजार ७ सय ७२ मत प्राप्त गर्दा कुसियैतले १२ हजार ९ सय ४७ मत प्राप्त गरेका थिए । इनरुवा ३, ८, रामधुनी ४, कोशी १, २, ७, ८, भोक्राहा १, ३, हरिनगर १, २, बराहक्षेत्र ६ र ७ को मतगणना सकिंदा पुनस् कुसियैत ८ सय ५७ मतले अगाडि देखिएका थिए । मतान्तर बढाउँदै कुसियतले १ हजार १ सय ७१ पुर्‍याएका थिए । पुन हरिनगर २, ४, ५ भोक्राहा ३, ४, ५, ६, कोशी २, ३, ४, इनरुवा ४, बराहक्षेत्र ८ सम्मको मतगणना सकिंदा मन्त्री कार्कीले मतान्तर ७३ मा झारे। प्रतिस्पधा निकै रोचक बन्दै गइरहेको थियो । सबैको ध्यान सुनसरी ४ को मतगणनामा नै केन्द्रित भइरहेका बेला गणनामा खटिएका कर्मचारीले मतपेटिकामा नभएको ६ सय ६ मत एमालेको पक्षमा जोडेको भन्दै मन्त्री कार्कीले मतगणना स्थगित गर्न माग गरेका थिए । त्यस समय बराहक्षेत्र ९ को मत गणना भइरहेको थियो । विवाद उत्पन्न भएपछि पटक पटक सर्वदलीय बैठक बसे पनि सामाधन हुन सकेन । अन्तत राजनीतिक दलबीच सहमति कायम हुन नसके पछि विवाद उत्पन्न भएको ३ दिन पछि निर्वाचन आयोगले मतगणना सुचनरु गर्न निर्देशन दिएपछि मतगणना पुन सुचारु गरिएको थियो । उक्त बिवाद उत्पन्न हुदा कार्की ७१ मतले अघि रहेका थिए । बराहक्षेत्र ९ को २ हजार ७ सय मत गणना सम्पन्न हुँदासम्म मन्त्री कार्कीले कुसियैतलाई १ सय ३६ मतले पछि पारेका थिए । कुसियैतले २३ हजार ४ सय ४ मत प्राप्त गर्दा मन्त्री कार्कीले २३ हजार ५ सय ४० मत प्राप्त गरेका थिए । कोशी गाउँपालिका ५ को मतगणना सम्पन्न हुँदासम्म मन्त्री कार्कीको अग्रता २ सय ८६ पुगेको थियो । कार्कीले अग्रता थप गर्दै भोक्राहा ७ र बराहक्षेत्र ११ को मतगणना जारी हुँदै गर्दा ३ सय ३७ को अग्रता बनाएका थिए । बराहक्षेत्र १० र कोशी ६ को मतगणना बाँकी रहँदै अरु सबै वडाको ७५ हजार ४१ मत गणना हुँदा कुसियैतले मतान्तर कम गर्दै ९५ मा झारेका थिए । कुसियैतले २८ हजार ७१ मत प्राप्त गर्दा मन्त्री कार्कीले २८ हजार १ सय ६६ मत प्राप्त गरेका थिए । कोशी गाउँपालिका ६ सकिंदा पुनः कुसियैतले ८२ मतको अग्रता लिए । कुसियैतले कोशी ६ मा १ हजार १ सय ८६ मत प्राप्त गर्दा मन्त्री कार्कीले ५ सय २४ मत प्राप्त गरेका थिए । बराहक्षेत्र १० को मत गणना सुरु भएपछि मन्त्री कार्कीले अग्रता लिए । बराहक्षेत्र १० को २ हजार ९ सय ३ मत गणना हुँदा कुसियैतले जम्मा ३० हजार १ सय ३९ मत प्राप्त गर्दा मन्त्री कार्कीले ३० हजार १ सय ७० मत प्राप्त गरी ३१ मतको अग्रता लिए । उक्त वडाको सबै मत गणना सक्दा कार्की ११२ मतले विजयी भए । कार्की निर्वाचित भएसँगै सुनसरी कांग्रेसको साख जोगिएको छ । सुनसरी १ मा एमाले जसपाको गठबन्धनका बिच जसपाका असोक राई निर्वाचित भएका हुन् भने सुनसरी २ मा नेपाली कांगेसका सिताराम मेहेतालाई पराजित गर्दै एमालेका भिम आचार्य निर्वाचित बनेका छन् । सुनसरी ३ मा बिजय कुमार गच्छादारको लामो विजयी इतिहासलाई चिर्दै निकपा एमालेकी भगवती चौधरी विजयी भएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार