भारतको स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु

बुधबार, १७ पुस २०८१
नयाँ दिल्ली : भारतको पश्चिमी राज्य गुजरातमा मंगलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा चार कामदारको मृत्यु भएको छ भने एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल प्लान्टमा भएको हो । स्टील प्लान्टका प्रवक्ताले भने, ‘घटना उपकरणको विफलताको कारण भएको हो ।’ ‘हामीले थाहा पाएका छौं कि प्लान्टको एक भागमा कोइला जलाउँदा अचानक आगो फैलियो। परिणामस्वरूप आगोले प्लान्टमा लिफ्टमा रहेका चार मजदुरको मृत्यु भयो,’ सुरतका पुलिस आयुक्त अनुपम सिंह गहलोतले बताए।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार