काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस

विहीबार, १८ पुस २०८१
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ । बुधबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम केही घटेको छ । बुधबार ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो । एक साता अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन । मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो । त्यसअघि सोमबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम मापन भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार