रामधुनी (सुनसरी) । उद्योग वाणिज्य संघ रामधुनीको नेतृत्वका लागि पाँच जनाले दाबी गरेका छन् । चैत १९ गते हुने अधिबेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । त्यसका लागि अध्यक्ष पदमा पाँच जनाको उमेदवारी परेको छ ।
अध्यक्ष पदका लागि चार जनाको संयुक्त प्यानल र एक जनाको स्वतन्त्र उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
प्यानल घोषणा गर्नेहरुमा भरत कार्की, नबीन चौधरी, दुर्गा फुयाल र भोला रौनियार छन् । कार्की हाल उद्योग सचिव छन् भने चौधरी महासचिव छन् ।
यस्तै फुयाल बाणिज्य सचिव छन् । रौनियार यस अघिको कार्यसमितिमा उद्योग सचिव थिए । सन्दिप गौतम हालको कार्यसमितिका महासचिव चौधरीसँग महासचिव पदमा हारेका थिए ।
कार्की र चौधरी नेपाली कांग्रेसका तर्फबाट उमेदवार हुन । कार्की देउवानिकट हुन् । चौधरी कोइराला पक्षधर हुन् ।
कार्कीलाई देउवा पक्षका स्थानीय कांग्रेस नेता सगेन चौधरीको समर्थन छ । चौधरीलाई नेपाली कांग्रेसका रामधुनी नगर सभापति सुदिप अधिकारीले साथ दिएका छन् ।
सगेन चौधरी र सुदिप अधिकारीको ब्याक्तिगत ‘इगो’ का कारण उद्योग बाणिज्य संघ रामधुनीमा कांग्रेसबाट २ जना उमेदवार भएको यहाँका जानकारहरुले बताएका छन् ।
हालसम्म कांग्रेसको बर्चस्वमा रहेको उद्योग वाणिज्य संघ रामधुनी यी दुई उम्मेदवारका कारण गुम्ने अवस्था आएको भनेर स्थानीयले टिप्पणी गरेका छन् ।
सगेन चौधरीले भने भरतको बिकल्प नभएका कारण उनलाई अघि लगाएको बताउँछन् । उनले अब चुनाबमा कडा प्रतिस्पर्धा हुने भए पनि भरतले जित्ने पक्का रहेको दाबी गरे ।
आफनो टिमले सबै समाबेशी जाति टिम र ३३ प्रतिशत महिलासहित समावेस गरेकाले जित सुनिश्चित रहेको उनको भनाइ छ ।
नेपाली कांग्रेसका नगर सभापति अधिकारीले भने पटकपटक सबैलाई राखेर मिलाउने प्रयास गरिएको भए पनि एकमत हुन नसकेको बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले पनि पटकपटक मिलाउने प्रयास गरिएको तर दुवै उम्मेदवार पछि हट्न तयार नभएपछि यस्तो अवस्था आएको बताए ।
उत्कृष्टलाई भोट हाल्ने बानीको विकास गराउनका लागि आफनो उमेदवारी रहेको स्वतन्त्र रुपमा अध्यक्षका प्रत्यासी रहेका सन्दिप गौतमले बताए ।
अर्का प्रत्यासी दुर्गा फुयालले चुनाबमा जित निश्चित रहेको दाबी गरेका छन् ।
अर्का उम्मेदवार कार्कीले पनि कांग्रेसमा सहमति हुन नसके पनि आफनो जित निश्चित रहेको दाबी गरेका छन् ।
अर्का उम्मेदवार रौनियारले उद्योग बाणिज्य संघका रहेका बेथितिहरुलाई चिर्नका लागि उमेदवारी दिएको बताए ।
काग्रेसनिकट अर्का उम्मेदवार नवीन चौधरीले जिल्लाका नेताहरुले मिलाउने प्रयास गरेको तर मिल्न नसकेपछि आफूले पनि उम्मेदवारी दिएको बताए ।
प्रमुख निर्वाचन संयोजक डिल्ली कार्कीका अनुसार आइतबार दाबी बिरोधसहित उमेदवारी फिर्ताको समय दिइएको छ ।
१५ सय ९० जना मतादाता रहेको उद्योग बाणिज्य संघ रामधुनीमा यसअघि नेपाली कांग्रेस समर्थित उमेदवारहरुले नेतृत्व गर्दै आएका थिए ।
प्रतिक्रिया