अर्थतन्त्रमा सुधार सरकारको मुख्य उद्देश्यः पूर्व अर्थमन्त्री कार्की

शनिबार, ११ चैत्र २०७९
इनरुवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्र सुधारमा ल्याउनु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको बताएका छन् । उद्योग वाणिज्य संघ इनरुवाको पदस्थापना कार्यक्रमलाई सम्बोधनका क्रममा कार्कीले सरकारको प्रमुख दायित्व र कर्तव्य भनेकै देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनु रहेको उल्लेख गरे । ‘अर्थतन्त्रका केही सूचकहरु अप्ठ्यारा छन्’ उनले भने, तर निरास हुनुपर्ने अवस्था भने छैन । हामी हाम्रो मुलुकलाई श्रीलंका बन्न दिदैनौं ।’ केही दिनमा सरकारले पूर्णता पाउने उल्लेख गर्दै कार्कीले सरकारको प्रमुख दायित्व भनेकै मुलुकको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनु भएको बताए । निजी क्षेत्रलाई प्रोत्साहित गर्दै भएका समस्या निराकरण गर्दै अघि बढ्ने सवालमा सरकारले प्राथमिकता साथ काम गर्ने उनको भनाइ थियो । कार्कीले उद्योग व्यवसाय संचालनककालागि बैंकबाट ऋण लिएका ऋणीहरुले कसरी ऋण तिर्न सक्छन सरकारले सोही अनुरुपको नीति तर्जुमा गर्नु पर्ने बताए । उनले ऋण लिएकाहरुलाई गैरजिम्मेवर पूर्ण तवरले ऋण नतिर भन्दै हिंड्ने कार्यले समाजलाई अराजकतातर्फ डोर्याउने भएकाले बेलैमा ध्यान जानु आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार