कार्य विभाजनको मोडालिटी कसरी गर्ने भन्ने विषयमा माओवादी केन्द्रको बैठकमा छलफल

बुधबार, ०२ माघ २०८१
काठमाडौं : बुधबार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संगठनात्मक सवालको बारेका छलफल भएको छ । बैठकमा मुख्यतयाः कार्यविभाजनको मोडालिटी कस्तो हुने विषयमा छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले भने, ‘पदाधिकारी बैठकमा मुख्यत कार्य विभाजनको बारेमा छलफल भयो । आज कार्य विभाजनको मोडालिटी कस्तो हुने र कसरी गर्ने भन्ने विषयमा नै बैठक केन्द्रित भएको थियो । सबै केन्द्रिय कार्यालयका कमरेडहरूले आफ्ना सुझावहरू राख्नुभयो । बैठक जीवन्त भयो । अब एउटा अर्को बैठक बसेर सबैका सुझावहरूसहित कार्यदलले बनाएको प्रतिवेदनलाई ध्यानमा राखेर अध्यक्षले फाइनल प्रस्ताव पेस गर्नुहुनेछ र पारित हुनेछ ।’ साथै उनले बैठक प्रभावकारी भएको बताए । उनले सरकारले चाँडो सदन नबोलाए विशेष अधिवेशनको माग गरिने विषयमा समेत छलफल भएको बताए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार