इटहरी : नेपालको नं. १ लक्जरी इभी ब्रान्ड दिपलले शुक्रबार कोशी प्रदेशको प्रमुख बजार इटहरीमा अत्याधुनिक स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरेको छ । उद्घाटनसँगै चार दिनसम्म चल्ने विशेष टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्पेन पनि सुरु भएको छ ।
सोरुमको उद्घाटन इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया तथा दिपल इटहरीका डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई र राधा ढकालले संयुक्त रुपमा गरेका हुन् ।
यस अवसरमा दिपलले आफ्नो नयाँ आकर्षक मोडेल दिपल एस०५ सार्वजनिक गरेको छ । लक्जरी, स्टाइल र अत्याधुनिक प्रविधिका कारण केही सातामै नेपाली अटोबजारमा चर्चा कमाउन सफल भएको यस मोडेलमा ‘फ्रन्ट सिट वेलकमिङ’, ‘जिरो ग्राभिटी क्विन कोपाइलट सिट’, १४ स्पिकरयुक्त स्काइ सरान्ड साउन्ड सिस्टम, ६४ एम्बायन्ट लाइटिंग, एआर हेडअप डिस्प्ले लगायत उच्चस्तरीय सुविधा रहेका छन् ।
युरोपको प्रतिष्ठित आईएफ डिजाइन अवार्ड २०२५ जितिसकेको एस०५ मा नेपालकै एसयुभी सेग्मेन्टमै पहिलो पटक ‘रिमोट इन एन्ड आउट पार्किङ’ सुविधा छ । साथै, १९ वटा सुरक्षा फिचर समेटिएको ‘एडास २.०’ प्रविधि पनि छ । यसमा सीएटिएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ जसले ६ लाख किलोमिटर सम्मको ब्याट्री लाइफस्पान सुनिश्चित गर्ने बताइएको छ ।
चार दिनसम्म चल्ने कार्यक्रममा दिपलका अन्य मोडेलहरू एस०७ आईसीए, एल०७, ई०७ र अवतार ११ को पनि टेस्ट ड्राइभ गर्न सकिनेछ । सो अवसरमा पुराना गाडीको उत्कृष्ट मूल्यांकनसहित नगद छुट, निशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर उपलब्ध गराइनेछ ।
सोरुममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिएका छन् जसले आगन्तुकलाई आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसन प्रविधिको प्रत्यक्ष अनुभव दिने कम्पनीले जनाएको छ ।
तस्विरहरु
प्रतिक्रिया