झापामा चोरी गर्ने दुई जना पक्राउ

शुक्रबार, २० भदौ २०८२

झापा : झापाको भद्रपुर नगरपालिका–४ फुटानीचोकस्थित किराना पसलमा भएको चोरी प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

राति करिब ११:४५ बजे महेन्द्र राजवंशीको किराना पसलको ढोका र गल्लाको ताल्चा फोडी गल्लामा राखिएको करिब रु. ५० हजार चोरी भएको थियो।

घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले पसलमा जडान गरिएको सिसी क्यामेरा फुटेजको अध्ययनमार्फत आरोपितको पहिचान गरी भद्रपुर नगरपालिका–६ बस्ने २४ वर्षीय सागर जैसवाल र सोही ठाउँ बस्ने २० वर्षीय दिनेश कामतीलाई भदौ १९ गते साँझ ७ बजे पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि आज भदौ २० गते जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार