काठमाडौं : नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै चर्चित सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) नेपाल सरकारको सम्पर्कमा आएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार एक्सको सिंगापुरस्थित कार्यालयबाट मन्त्रालयमा आधिकारिक पत्राचार आएको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार मार्क नामक प्रतिनिधिबाट पठाइएको इमेलमार्फत एक्सले नेपालमा सूचीकरणका लागि आवश्यक प्रक्रिया र पेश गर्नुपर्ने कागजातबारे जानकारी मागेको हो ।
नेपाल सरकारले केही समयअघि सार्वजनिक गरेको नयाँ नीतिअनुसार नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जालले अनिवार्य रूपमा सरकारमा सूचीकरण गराउनु पर्ने प्रावधान छ । सूचीकरण नगरेका प्लेटफर्महरू बन्द गर्ने चेतावनीसहित निर्णय भएपछि एक्स सरकारसँग सम्पर्कमा आएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया