सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

शनिबार, ०५ माघ २०८१
विराटनगर । मोरङको सुन्दरहरैँचामा गए राति जङ्गली हात्तीले एक जनाको ज्यान लिएको छ । हात्तीको आक्रमणबाट सुन्दरहरैँचा नगरपालिका ८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । विगत एक महिनादेखि सुन्दरहरैँचाका उत्तरी क्षेत्रमा हात्तीले आतङ्क मच्चाइरहेका छन् । राति १ बजेतिर घरमा आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको निधन भएको हो । घिमिरेको शव पोष्टमाटमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार