लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस भएको छ ।
लुम्बिनी प्रदेश प्रमुखसमक्ष चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै गठबन्धनमा आबद्ध दलका ५३ सांसदहरुको हस्ताक्षरसहित दाबी पेस गरिएको हो । यो संख्या प्रदेशको बहुमत सांसद संख्या हो ।
बहुमत सांसदहरुले हस्ताक्षरसहित नयाँ मुख्यमन्त्री नियुक्तिको माग गरेका गठबन्धनमा आबद्ध दलहरुले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष मागसमेत गरेका छन् ।
यो धाराअनुसार बहुमतका आधारमा सरकार गठन गर्न सकिने व्यवस्था उल्लेख छ ।
यसअघि पनि यो प्रदेशका दोस्रो मुख्यमन्त्री चयन हुँदा यसै धाराअन्तर्गत सरकार गठन भएको थियो ।
प्रतिक्रिया