लघुवित्तबारे भ्रम चिर्न इनरुवामा वित्तीय साक्षरता कार्यक्रम

सोमबार, १३ चैत्र २०७९
इनरुवा । लघुवित्त संस्थाउपर फैलिरहेको नकारात्मक टीका टिप्पणीप्रति आफ्ना सदस्यहरुलाई सचेत गराउने उद्देश्यसाथ सुनसरीको इनरुवामा वित्तीय साक्षर कार्यक्रम सञ्चालन गरिएको छ । जीवन बिकास लघुवित्त वित्तीय संस्था इनरुवाले शाखा केन्द्रित केन्द्र प्रमुख लगायतको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । संस्थाले केन्द्र प्र्रमुखसहित संस्था आवद्ध सदस्यहरुको भेला बोलाएर मुलुकको वर्तमान आर्थिक परिस्थिति र लघुवित्त उपरको दुष्प्रचार केन्द्रित अभिमुखिकरण गराएको हो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहतासहित शाखा रहेका स्थानका वडा अध्यक्ष लगायत सरोकारवालाको उपस्थिति थियो । कार्यक्रममा जीवन बिकासले विपन्न, असहाय र अभिभावक गुमाएका सामुदायिक विद्यालयमा अध्ययनरत ५ जना बालबालिकाको एक वर्षे पढाई खर्च वापतको शैक्षिक लगायत सामग्री समेत बितरण गरेको छ । वार्षिक कार्यक्रमअन्तर्गत पर्ने कार्यक्रमलाई संस्थाले यस पटक भने पछिल्लो परिस्थिति र घटनाक्रमले सदस्यहरुमा पर्न सक्ने भ्रम चिर्ने मूल उद्देश्य केन्द्रित गरी संचालनमा ल्याएको जनाएको छ । कार्यक्रममा लघुवित्त विभागका मनोजकुमार साह, आन्तरिक लेखा परीक्षण बिभागका वीरेन्द्रप्रसाद साह, जिल्ला इन्चार्ज निराजन कुमार साह र इनरुवा शाखा प्रमुख बाशुदेव साहले संस्थाको अवस्था, विगत र वर्तमान बारे जानकारी गराएका थिए । सो क्रममा उनीहरुले एक व्यक्ति धेरै सहकारीमा आवद्ध भई ऋण लिंदा धेरै परिवारको बिचल्ली भएकाले राष्ट्र बैंकको नयाँ नीतिले राहत मिल्नेमा विश्वस्त रहेको बताए । ऋण लिएर तिर्दिन भनेर पन्छिन भने नपाइने उनीहरुले बताए । कार्यक्रममा जीवन बिकास लघुवित्त वित्तिय संस्था इनरुवा शाखा मातहत पर्ने इनरुवा सहित रामधुनी र गढीका गरी १ सय २६ केन्द्रका प्रतिनिधी तथा सहभागी उपस्थित थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार