काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा हाजिर हुन बुटवल पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत मंगलबार दिउँसो बुटवल पुगेका हुन्।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार बुटवल गएका हुन्।
उनी बुधबार अदालतमा हाजिर हुने रास्वपाका एक नेताले बताए।
उनी पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए भने काठमाडौँको स्वर्णलक्ष्मी सहकारी मुद्दामा ६० लाख रुपैयाँ तिरेर मुक्त भएका थिए।
कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।
प्रतिक्रिया