ध्यान, योग र प्राकृतिक उपचार क्षेत्रका लागि अलग्गै मन्त्रालय आवश्यक: स्वामी आनन्द अरुण

आइतबार, ०६ पुस २०८२
स्वामी आनन्द अरुण

काठमाडौं : आर्थिक समृद्धिसँगै मानसिक सन्ताप बढ्दै गएकाले ध्यान र योगको आवश्यकता अझै बढेको स्वामी आनन्द अरुणले वताएका छन् । दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वामी आनन्द अरुणले विकसित राष्ट्रहरूमा मानसिक समस्या गम्भीर बन्दै गएको उल्लेख गरेका हु्न ।


उनले भने, ‘मैंले देखिरहेको छु, जुन राष्ट्र आर्थिक रूपमा जति समृद्ध हुन्छ, त्यति नै मानसिक सन्ताप बढिरहेको छ । त्यसैले युरोप र अमेरिकामा ध्यानको आवश्यकता अझ बढी छ ।’ ती देशहरूमा नेपालीहरूले ध्यान अभियान सञ्चालन गरिरहेकोप्रति स्वामी आनन्द अरुणले गर्व गरे ।

स्वामी अरुणका अनुसार हाल विश्वका ६० देशका व्यक्तिहरू नेपाल आएर ध्यानको प्रशिक्षण लिइरहेका छन् । ‘उनीहरू प्रत्येक वर्ष यहाँ आएर प्रशिक्षक बनेर आफ्ना–आफ्ना देशमा ध्यान सिकाइरहेका छन । अप्रत्यक्ष तपोवनमार्फत हाल ९० वटा केन्द्रबाट ध्यान र योगको प्रचार–प्रसार भइरहेको समेत स्वामी आनन्द अरुणले जानकारी दिए ।

उनले ध्यान, योग र प्राकृतिक उपचार क्षेत्रमा नेपाल सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । स्वामी अरुणले योग, ध्यान, प्राकृतिक उपचार, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिहरू हेर्ने छुट्टै मन्त्रालय नै नरहेकोप्रति चिन्ता समेत व्यक्त गरे । ‘योग, ध्यान, प्राकृतिक उपचार, आयुर्वेद अल्टनेट मेडिसिनका अनेक उपाय छन् यसलाई हेर्ने कुनै मन्त्रालय नै छैन । स्वास्थ्यमा हुने खर्च सबै एलोप्याथीमा मात्रै भइरहेको छ । हाम्रो आफ्नो उपचारको तिब्बती प्रद्धती छ, आफ्नै पनि प्रद्धती छ । 

 भारतमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका लागि छुट्टै मन्त्रालय स्थापना गरिएको उदाहरण दिँदै उनले नेपालमा पनि यस्तै संरचना आवश्यक रहेको बताए ।  नेपाल सरकारसँग आग्रह स्वामी आनन्द अरुणले एउटा अभिभावक हामीलाई पनि दिनुहोस । हामी कहाँ जाने ? कहिले शिक्षा मन्त्रालय जानुपर्छ, कहिले स्वास्थ्य मन्त्रालय जानुपर्छ कहिले अर्थमन्त्रालय जानुपर्छ,’ उनले प्रश्न गरे । उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको संरचना विकासका लागि छुट्टै मन्त्रालय स्थापना गर्न नेपाल सरकारसँग आग्रह गर्दै भने, ‘जहाँ गएर हामीले आफ्ना गुनासा पोख्न सकौं ।’
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार