नयाँपानीमा १३ वर्षपछि पलायो पानी

विहीबार, १७ माघ २०८१
सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ । यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो । अघिल्लो वर्ष पानी पलाउनु पर्ने भएपनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताए । पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार