विराटनगर । संविधानविद् भीमार्जुन आचार्यले वर्तमान संविधानको नाममा नै समस्या रहेको बताएका छन् ।
बिहीबार नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन र पेसागत बुद्धिजीवी विभागको संयुक्त आयोजनामा भएको संविधान संशोधन, आवश्यकता र चुनौती विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
संविधान संशोधनको चर्चा भइरहेको अवस्थामा उनले भने,‘हाम्रो संविधानमा भाषाको सुद्धासुद्धि समेत छैन । संविधानमा पूर्णविराम, कमाको समेत महत्त्व रहेको हुन्छ ।'
न्यायालयको स्वतन्त्रताले मात्र मुलुकको अस्तित्व बच्ने उनले बचाए । ‘न्याय परिषद्मा बारको प्रतिनिधि बनाउने जुन दिनबाट निर्णय भयो त्यहाँबाट नै नेपालको दुर्दसा सुरु भएको हो । उनले भने, नेपालको दुर्गतीको कारण न्यायालयमा भएको बेथिति नै भएकाले न्यायालय स्वतन्त्र भएन भने मुलुक बन्न सक्दैन ।’
आचार्यले प्रदेश सरकारको औचित्य, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा प्रतिनिधिसभाको सङ्ख्याको कम बनाउने लगायतका कुरामा पनि सोच्नुपर्ने बताए । संविधान लामो समय टिक्न सक्यो भने मात्र मुलुकको विकास सम्भव रहेको उल्लेख गरेका आचार्यले जापान र अमेरिकाको संविधानको बारेमा चर्चा गरेका छन् ।
संविधान प्रत्येक व्यक्तिको नजरमा आआफ्नो व्याख्या हुने गरेको उल्लेख गर्दै आचार्यले सबैको एक दस्ताबेज संविधान बन्नुपर्ने कुरालाई जोड दिएका छन् । आचार्यले थपे ‘संविधान संशोधनको कुरा भइरहेको बेला हामीले सबैतिरबाट खबरदारी गरेर संविधानलाई एक बनाउन जरुरी रहेको छ ।’
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया