काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिभिजन देशको पुरानो टेलिभिजन भए पनि गुणस्तरीय कार्यक्रम ल्याउन नसकेको बताएका छन् ।
बिहीबार नेपाल टेलिभिजनको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले नेपाल टेलिभिजनले प्रेस स्वतन्त्रालाई प्रत्याभूति दिने खालका कार्यक्रम नल्याएको बताएका हुन् ।
उनले भने, ‘हाम्रो टेलिभिजनले प्रोग्रामहरू दिन सकेको छैन । म आज भन्छु, हाम्रोमा प्रोग्रामहरू आकर्षण खालको, जनतालाई सूचना दिने खालको, प्रेस स्वतन्त्रता अभिव्यक्ति, स्वतन्त्रालाई प्रत्याभुति दिने खालको व्यापक जनतालाई समेट्ने खालको सही तथ्य सूचना दिने खालको प्रोग्रामहरू ल्याउनु पर्यो । सबै भन्दा पुरानो भन्छौ तर हामीले किन गर्न नसकेको ? राम्रो राम्रो कार्यक्रमहरू सबै अर्कैकोमा छ, अब त्यो सबै हाम्रोमा हुनुपर्छ । त्यसको लागि के गर्नपर्छ, हामी गर्छौ । मन्त्रालयले के गनुपर्छ, हामी गर्छौ ।’
उनले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सामाजिक सद्भाव, समावेशिता सहभागितामूलक लोकतान्त्रिक सुदृढताको लागि जनताको घर –घरमा नेपाल टेलिभिजन देखिनेगरी काम गर्नसमेत आग्रह गरे ।
प्रतिक्रिया