‘सरकार आफ्नै छाँयाबाट डराइरहेको छ’

शुक्रबार, १८ माघ २०८१
काठमाडौं : सांसद अमरेस कुमार सिंहले अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक पश्चात संचारकर्मीहरूसँग बोल्दै उनले कांग्रेस र एमालेहरूले सर्वोच्च अदालतमा आफ्नो कार्यकर्ता भर्ती गरेको र त्यही सर्वोच्च अदालतको न्यायधीशहरूको फैसलाबाट डराइरहेको बताएका हुन् । उनले भने, ‘अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको छ । कांगे्रस र एमालेहरुले सर्वोच्च अदालतमा आफ्नो न्यायधीशहरु कार्यकर्ता भर्ती गरेको छ । त्यही सर्वोच्च अदालतको न्यायधीशहरूको फैसलाबाट डराइरहेको छ । आजको दिनमा नेपालको लोकतन्त्र धानेको नै सामाजिक सञ्जाल, युटुब र सानो मिडियाले हो ।’ सरकारले आफ्नै काम कर्तुतले सामाजिक सञ्जाल विधेयक ल्याएकोसमेत उनले बताए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार