इलाम : इलाममा भर्खरै आएका प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालाले लागूऔषध र अवैध निकासी नियन्त्रणमा विशेष निगरानी बढाउने प्रतिबद्धता जनाएका छन ।
मंगलबार सञ्चारकर्मीहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै उनले लागूऔषध प्रयोगकर्ता र वितरकहरू नियन्त्रणको लागि आफ्नो मातहतको प्रहरीलाई निर्देशन दिएर आफू लाग्ने उनले बताए ।
उनले तराइसँग सिमाना जोडिएका पालिकाहरूमा लागूऔषधको समस्या रहेकाले विशेष निगरानी बढाउने कोइरालाले बताए ।
सञ्चारकर्मीहरूले प्रहरी प्रमुखसँगको अन्तरक्रिया कार्यक्रममा आउने समस्या सुन्ने मात्र तर समाधानमा नलाग्ने जिज्ञासामा उनले आफ्नो कार्यकालमा सकारात्मक सन्देश छाडेर बिदा हुने दाबी गरे ।
उनले आफू डीएसपी हुँदा पनि यसअघि कार्यरत रहेको धेरै कार्यालयहरूमा प्रवक्ता भएर काम गरेको उल्लेख गर्दै सञ्चारकर्मीहरूससँग समन्वय गरेर काम गर्ने बताए ।
सीमा नाकामा हुने चोरी, तस्करी नियन्त्रणका लागि मातहतका प्रहरीलाई तैनाथ राख्ने उनको भनाइ छ ।
प्रतिक्रिया