प्रेस चौतारी नेपाल सुनसरी शाखाले मनायो २७ औं स्थापना दिवस

मंगलबार, २२ माघ २०८१
इटहरी : प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ । मंगलबार बिहान मैत्रीपूर्ण फुटसलसहित साँझमा दीप प्रज्वलन गरी चौतारी सुनसरी शाखाले स्थापना दिवस मनाएको हो । धरान १९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उद्योग तथा व्यावसायी महासंघ धरान र प्रेस चौतारी सुनसरीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको थियो । प्रतियोगितामा चौतारीलाई ७–५ गोल अन्तरले पराजित गर्दै महासंघ विजयी बनेको छ । उद्घाटन कार्यक्रममा प्रेस चौतारी सुनसरी अध्यक्ष विकास चाम्लिङ राईको अध्यक्षता, नेकपा एमाले केन्द्रीय सदस्य तथा धरान उपमहानगरपालिका पूर्व उपप्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह–संयोजक देवेन्द्र कार्की, चौतारी सुनसरी इञ्चार्ज तथा पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी सुनसरी पूर्व अध्यक्ष भीमज्वाला राई लगायतको उपस्थिति थियो । सन्ध्याकालीन समयमा इटहरी, धरान र बराहक्षेत्रमा दीप प्रज्वलन गरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार