इटहरीमा प्रणामी अस्पताल सञ्चालनको तयारी

मंगलबार, २२ माघ २०८१
इटहरी : इटहरीमा प्रणामी अस्पताल सञ्चालनको तयारी गरिएको छ । नयाँ वर्ष २०८२ सालदेखि मंगल–राधिका–सदानन्द–प्रणामी अस्पताल सञ्चालनमा आउने भएको हो । इटहरी अस्पताललाई नै स्रोत–साधन र जनशक्ति थप गर्दै सुविधा सम्पन्न बनाउने अभियान चलिरहेपनि श्री कृष्ण प्रमाणी मन्दिर मुक्तिधामको ४६ औं वार्षिक उत्सवकै सन्दर्भमा नयाँ अस्पताल सुरू गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो । पहिलो चरणमा १५ बेडको अस्पताल सञ्चालन गरिने र क्रमशः स्तर बढाएर १० वर्षभित्रमा पाँच सय बेडको पु¥याउने लक्ष्य राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले बताए । उनका अनुसार १५ बेडसम्मको अस्पतालको स्वीकृतिका लागि स्थानीय सरकारले नै अनुमति दिएकाले तत्काल उक्त संख्याको बेड सञ्चालन गरिने र पछि स्तर वृद्धि गरिने भएको हो । अहिलेसम्म अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र मेसिन सामग्री खरीद गर्दा १० करोड रुपैयाँ लागत लगानी भइसकेको घिमिरेले बताए । यसका लागि आगामी चैत २४ गतेदेखि सप्ताहव्यापी श्रीमद्भागवतसँगै स्वास्थ्य शिविर हुनेछ । अस्पताल सुरू भएपछि अशक्त र असहायलाई निःशुल्क उपचार गरिने तयारीसमेत गरिएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार